January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
रकमराज तामाङ

जुम्ला घटनामा जात व्यवस्था उन्मूलन मोर्चाको गम्भीर ध्यानाकार्षण

२०८० असार १९

916

काठमाडौंः अन्तरजातीय विवाह गरेका कारण जुम्लाका मुकुन्द नेपालीको घरमा आगजनी भएको घटनाप्रति जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार अध्यक्ष डोलराज विश्वकर्मा र महासचिव रुपा सुनारले हस्ताक्षर गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेका जोडीलाई अपराध ठान्ने र परिवारलाई नै नष्ट गर्ने उद्धेश्यले युवकको घरमा आगजनी गरेको घटनाप्रति खेद प्रकट गर्दै मोर्चाले पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित अपराधीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । अन्यथा मोर्चाले पीडितको न्यायको निम्ति सबैखाले संघर्ष गर्न तयार रहेको भन्दै चेतावनी समेत दिइएको छ ।

त्यस्तै विज्ञप्तिमा मोर्चाले जात व्यवस्था जीवित रहेसम्म जातका आधारमा हुने विभेदको अन्त्य नहुने भन्दै जात व्यवस्था उन्मूलनको आन्दोलनमा सहभागी हुनसमेत आह्वान गरिएको छ ।

 

विज्ञप्तिः