October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो

२०७९ चैत्र १०

294

काठमाडौं। पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जना बढेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो ।

२०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन ४८.९८ प्रतिशत पुरुषको जनसंख्या देखिन्छ । महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । ५१.०२ प्रतिशत महिलाको जनसंख्या रहेको छ ।