काठमाडौंः आज बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । मेघगर्जनसहित यी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ।
देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ।