June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भौतिकवादी समाज, नेपालको प्रथम उपत्यका भेला सम्पन्न

२०८० मंसिर ९

7.7K

काठमाडौंः ‘भौतिकवादी समाजको आवश्यकता’ विषयक गोष्ठी कार्यक्रम तथा भौतिकवादी समाज, नेपालको प्रथम उपत्यका भेला सम्पन्न भएको छ । शनिबार भौतिकवादी समाज, नेपालको आयोजनामा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न भएको हो ।

गोष्ठी कार्यक्रममा भौतिकवादी समाज, नेपालका सचिव सुवास पाण्डेले भौतिकवादी समाजको आवश्यकता शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा ‘भौतिकवाद के हो ?’, ‘भौतिकवादी समाज किन ?’ र ‘भौतिकवादी समाज कसरी ?’ भन्ने तीनवटा उपशिर्षकहरु समेटिएको थियो । बलराम तिमल्सिनाले सञ्चालन गरेको उक्त गोष्ठी कार्यक्रममा धनकुमारी सुनार र गौरी देवकोटाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने गोष्ठीका सहभागीहरुले पनि कार्यपत्रमाथि आफ्ना विचारहरु साझा गरेका थिए ।

 

गोष्ठी कार्यक्रम समापन पश्चात भौतिकवादी समाज, नेपालको प्रथम उपत्यका भेला सुरुवात भएको थियो । भौतिकवादी समाज नेपालका अध्यक्ष वैद्यनाथ श्रमजीवी र सचिव सुवास पाण्डेको उपस्थितिमा सम्पन्न भएको भेलाबाट ६ सदस्य थप गर्ने गरी १३ जनाको उपत्यका सम्मेलन आयोजक समिति गठन भएको छ । जस अनुसार अध्यक्षमा रामदेव पाण्डे, यशु सापकोटा फूलमती, लिजा तामाङ ,अर्जुन मझाकोटी, तारा गाउँले, क्रिजेन थापा,राम एकवल यादव रहेका छन् । गत असोज २६ र २७ गते चितवनमा पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको भौतिकवादी समाज, नेपालले हाल देशैभर आफ्ना क्रियाकलापहरु गरिरहेको छ ।