June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपालको प्रारम्भिक भेला सम्पन्न

२०८० पुष १४

2.3K

काठमाडौंः उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपालको प्रारम्भिक भेला सम्पन्न भएको छ । बुधबार काठमाडौंको अनामनगरमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुति र उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपालका संयोजक राजन डोनेको उपस्थिति तथा काल्साङ लामाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रारम्भिक भेलाले प्रभात मोक्तान संयोजक, पूर्ण बहादुर वाइबा सह– संयोजक र निर्मला योञ्जन सचिव रहने गरि २५ सदस्यीय राष्ट्रिय भेला आयोजक समितिको गठन गरेको छ । जस अनुसार सदस्यहरुमा लिजा तामाङ, निरुता तामाङ, अनिता तामाङ, अरुण तामाङ, छेसाङ तामाङ, देव सिं तामाङ, सञ्जिव तामाङ, जीवन तामाङ, इन्द्र सिं तामाङ, तिर्थ माया तामाङ, काल्साङ लामा, सन्दीप तामाङ, सन्ध्या तामाङ, अशोक तामाङ, कामी सिं तामाङ, पूर्ण तामाङ, जेपी मोक्तान र रकमराज तामाङ रहेका छन् ।

प्रारम्भिक भेलामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने भेला पश्चात उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपालका संयोजक राजन डोनेले शुभकामना मन्तव्य राखेका थिए । भेलाले मोर्चाको प्रस्तावित घोषणापत्र तथा अन्तरिम विधान पारित गरिएको र नवगठित राष्ट्रिय भेला आयोजक समितिले विभिन्न संघर्ष लगायतका कार्यक्रमहरुका साथै राष्ट्रिय भेलाको पनि आयोजना गरिने संयोजक प्रभात मोक्तानले बताए ।

उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको जनवर्गीय संगठन उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपाल अन्तर्गतको तामाङ राष्ट्रको मोर्चा हो । हाल आदिवासी जनजातिका रुपमा चिनिदै आएको समुदायलाई वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले उत्पीडित राष्ट्रका रुपमा परिभाषित गर्दै आइरहेको छ ।