November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कसरी ढल्दैछ पुँजीवाद ?

२०७८ श्रावण २६

1.4K

पुस्तकः शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज
लेखकः जेरेमी रिफ्किन
अनुवाद÷सम्पादनः रमेश सुनुवार/राजकुमार श्रेष्ठ
प्रकाशकः समाजवाद अध्ययन प्रतिष्ठान
(यो पुस्तक पढ्नुपर्ने किन ? समाजवाद अध्ययन प्रतिष्ठानले किन पहिलो प्रकाशनको रुपमा यही पुस्तक रोज्यो ? भन्ने जिज्ञानसा पाठकहरुसामु रहन सक्छ तर यस पुस्तकबाट साभार गरिएका केही महत्वपूर्ण बुँदाहरु हेरिसक्नु भएपछि तपाईंहरुको जिज्ञासा रहने छैन् भन्नेमा हामी विश्वस्त छौं ।)

 

बजार पुँजवादबाट सहयोगी समाजमा रुपान्तरण

१) पूँजीवादी युग छिटो नभए पनि अपरिहार्य रूपमा समाप्त हुँदै छ । त्यसको स्थानमा एक नयाँ आर्थिक ढाँचा ‘सहयोगी समाज’ को उदय भइरहेको छ, जसले हाम्रो जीवनशैली परिवर्तन गर्दछ ।
२) वस्तुजहरूको इन्टरनेटको संभावनाबारे सबै उत्साहको कारण के हो भने यसले प्रचुर उत्पादकताद्वारा संचालित विश्वव्यापी नेटवर्कमा सबैलाई र सबै चीजलाई जोडेर हामीलाई लगभग निःशुल्क वस्तुहरू र सेवाहरूको युगतिर द्रुत गतिमा लैजान्छ र यससँगै पूँजीवादको अन्त्य हुन्छ ।
३) आज हामी जसलाई पूँजीवाद भन्छौं, १८ औं शताब्दीको अन्त्य र १९ औं शताब्दीको पहिलो दशकहरूमा नयाँ संचार र ऊर्जा मैट्रिक्समा परिवर्तनको साथसाथै उदय भएको थियो ।

४) पूँजीवाद एक अनौठो र विशिष्ट प्रकारको उद्यम हो, जहाँ श्रमिकहरुबाट उत्पादनहरू सिर्जना गर्न प्रयोग गर्ने उपकरणहरूको स्वामित्व हरण गरिन्छ र उद्यमहरूका स्वामित्वमा भएका लगानीकर्ताहरूबाट उनीहरूको व्यवसाय नियन्त्रण र व्यवस्थित गर्ने अधिकार खोसिन्छ ।
५) जब उन्नाइसौं शताब्दीको अन्तिम दुई दशकहरूमा पहिलो औद्योगिक क्रान्तिको चरण पूरा हुँदै थियो, अमेरिका र युरोपमा दोस्रो औद्योगिक क्रान्तिको जन्म भइरहेको थियो । तेलको खोज, आन्तरिक दहनशील इञ्जिनको आविष्कार र टेलिफोनको शुरूवातले नयाँ सञ्चार र ऊर्जाको संरचनालाई जन्म दिए, जुन बीसौं शताब्दीमा हावी हुँदै थियो ।

पूँजीवादको विरोधावास

६) यो अन्तिम रेखामा पुग्न नसक्दासम्म प्रतिस्पर्धाले गति लिने कार्य जारी राख्दछ, जहाँ अधिकतम दक्षता प्राप्त हुन्छ र उत्पादकत्व शिखरमा पुग्दछ । त्यो अन्तिम रेखामा प्रत्येक अतिरिक्त एकाई उत्पादनको सीमान्त लागत लगभग शून्य हुन्छ । जब त्यो अन्तिम रेखा पार हुन्छ, सामान र सेवाहरू लगभग निःशुल्क हुन्छन्, नाफा सुक्छ, बजारमा सम्पत्तिको आदानप्रदान बन्द हुन्छ र पूँजीवादी प्रणालीको मृत्यु हुन्छ ।
७) आज, विकसित वस्तुहरुको इन्टरनेट घेराबन्दीका तहहरूलाई हटाइरहेको छ, जसले गोपनीयतालाई पवित्र बनाएको थियो र अधिकारलाई जीवनको अधिकार, स्वतन्त्रता र खुशीको खोजीको रूपमा महत्वपूर्ण मानिन्थ्यो । विश्वव्यापी रूपमा जोडिएको विश्वमा हुर्केका युवा पुस्ताका लागि गोपनीयताले आफ्नो प्रभाव गुमाएको छ, जहाँ उनीहरूको जीवनको प्रत्येक क्षण उत्सुकताका साथ फेसबुक, ट्विटर, यूट्यूब, इन्स्टाग्राम र असंख्य अन्य सोसल मिडिया साइटहरूमार्फत पोष्ट गरिएको छ र विश्वसँग शेयर गरिएको छ ।
८) निश्चित रुपमा, जबसम्म हामीले घातांकीय भन्ने शब्दको अर्थलाई नजिकबाट हेर्दैनौं, त्यस्ता दावीहरू बढ्नेछन् । मलाई याद छ, लगभग १३ वर्षको छँदा एउटा साथीले मलाई चाखलाग्दो काल्पनिक कुरा छनोट गर्ने प्रस्ताव राख्यो । उसले सोध्यो कि म अगाडिको १० लाख डलर स्वीकार गर्छु वा त्यसको सट्टामा, पहिलो दिन एक डलर र त्यसपछि एक महिनासम्म हरेक दिन त्यो रकमको दोब्बर । मैले सुरुमा भनें, “तिमी मजाक गर्दै छौं ….सही दिमाग भएको जोसुकैले १० लाख लिन्छ ।” उसले भन्यो, “पर्ख, हिसाब गर ।” त्यसपछि मैले एउटा कागज र पेन्सिल लिएँ र डलरलाई दोब्बर बनाउन थालें । ३१ दिनसम्म दोब्बर बनाएपछि, मसँग एक अर्बभन्दा बढी डलर भयो । त्यो भनेको दश हजार लाख हो । म चकित भएँ ।

निःशूल्क ऊर्जा

९) सञ्चार इन्टर्नेटजस्तै, जहाँ पूर्वाधार स्थापनाको अग्रिम लागत उल्लेखनीय थियो, तर सूचना उत्पादन र वितरणको सीमान्त लागत नगण्य छ, ऊर्जा इन्टरनेट स्थापनाको अग्रिम लागत पनि त्यस्तै उल्लेखनीय छ, तर सौर्य र वायु ऊर्जाको प्रत्येक एकाइको सीमान्त उत्पादन लागत शून्य छ । सूचनाजस्तै नवीकरणीय ऊर्जा अनुसन्धान, विकास र प्रयोगको निश्चित लागतहरूको गणनापछि लगभग निःशुल्क हुन्छ ।
१० यो नवीन तरीकाले लगभग असीमित सूचना भण्डारणको सम्भावना खोल्छ । हार्वर्डका अनुसन्धानकर्ता जर्ज चर्चले टिप्पणी गरे कि हाल संसारमा सबै डिस्क ड्राइभमा भण्डारण गरिएको सूचना हत्केलाको आकारको एक सानो डीएनए बिटमा अटाउन सक्दछ । अन्वेषकहरूले के पनि थपे भने डीएनए सूचना शताब्दीयौंसम्म सुरक्षित गर्न सकिन्छ, जबसम्म यसलाई अँध्यारो र चिसो वातावरणमा राखिन्छ ।
११) नयाँ थ्रीडी प्रिन्टिङ क्रान्ति “चरम उत्पादकत्व” को एक उदाहरण हो । यो अहिलेसम्म पूर्णरूपमा यहाँ छैन, तर जब यसले प्रभाव पार्नथाल्छ, यसले अन्ततः र अनिवार्य रूपमा सीमान्त लागत घटेर शून्यको नजिक पु¥याउनेछ, नाफाको अन्त्य गर्नेछ र बजारमा सम्पत्तिको विनिमय धेरै (सबै नभए पनि) उत्पादनहरूको लागि अनावश्यक बनाउनेछ ।
१२) फ्याब ल्याब तेस्रो औद्योगिक क्रान्तिको “जनताको अनुसन्धान र विकास प्रयोगशाला” हो । यसले विश्वस्तरीय विश्वविद्यालयहरू तथा ग्लोबल कम्पनीहरूको एलिट प्रयोगशालाहरूबाट अनुसन्धान र नयाँ आविष्कारहरूलाई बाहिर निकाल्दछ र छिमेकीहरू र समुदायहरूमा वितरण गर्दछ, जहाँ यो समुदायिक कार्य तथा काममा आमनेसामने पारस्परिकशक्तिको शक्तिशाली अभिव्यक्ति हुन्छ ।
१३) उत्पादनको लोकतान्त्रीकरणले आधारभूत रूपमा एकीकृत दोस्रो औद्योगिक क्रान्तिको भर्टिकल रुपमा केन्द्रीकृत अभ्यासलाई भंग गर्दछ । सबै उत्पादक र उपभोक्ता बन्न सकून् भन्ने उद्देश्यले विश्वभर फ्याब ल्याबहरूको स्थापनाका आमूल परिवर्तनकारी प्रभावहरू स्पष्ट देखिएका छन् ।

अस्तित्वमा रहेको अन्तिम कामदार
१४) संचार, ऊर्जा, उत्पादन र उच्च शिक्षा लगभग शून्य सीमान्त लागतमा लैजाने आईटी र इन्टरनेट टेक्नोलोजीले मानव श्रमको सम्बन्धमा पनि उही काम गरिरहेको छ । बिग डाटा, उन्नत एनालिटिक्स, एल्गोरिदम, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्सले निर्माण उद्येग, सेवा उद्योग, ज्ञान र मनोरन्जन क्षेत्रहरुमा मानव श्रम प्रतिस्थापित गरिरहेको छ, जसले एक्काइसौं शताब्दीको पूर्वार्धमा बजार अर्थव्यवस्थाको कामबाट लाखौं मानिसहरुलाई मुक्त गर्ने वास्तविक सम्भावनातिर लानेछ ।
१५) यदि वाष्प इन्जिनले मानव जातिलाई मुक्त गरेर पुँजीवादी बजारमा भौतिक स्वार्थ खोज्न लगायो भने वस्तुहरुको इन्टरनेटले मानव जातिलाई बजार अर्थतन्त्रबाट मुक्त गरेर सहयोगी समुदायमा अभौतिक साझा हित खोज्न लगाउँदछ । लगभग शून्य सीमान्त लागत समाजमा हाम्रा आधारभूत भौतिक आवश्यकताहरुमध्ये अधिकांश करिब निःशुल्क पूरा हुनेछन् । इन्टेलिजेन्ट टेक्नोलोजीले त्यो अर्थतन्त्रमा अधिकांश भारी काम गर्नेछ, जुन दुर्लभताभन्दा प्रचुरतामा केन्द्रीत हुनेछ ।
१९) अबको आधा शताब्दीपछि हाम्रा भावी सन्ताहरु बजारमा बृहत रोजगारीको युगलाई त्यसैगरी हेर्नेछन्, जसरी हामी विगतका दास व्यवस्था र भूदास व्यवस्थालाई हेर्दछौं । मानव जातिको मूल्यलाई पूर्ण रुपमा उसको वस्तु तथा सेवामा प्राप्त लाभ र भौतिक सम्पत्तिद्वारा मापन गरिन्छ भन्ने विचार नै आदिम, अझ बर्बर देखिने छ र त्यसलाई अत्यन्तै स्वचालित संसारमा बस्ने हाम्रो बंशको लागि भयानक मानवीय क्षति मानिनेछ, जहाँ अधिकांश जीवन सहयोगी समाजमा रहनेछ ।
२०) अनुसन्धानकर्ताहरुले के फेला पारेका छन् भने मानिहरुको ऊर्जा सम्बन्धी व्यवहारलाई बदल्ने कार्य दिगो जीवन शैलीप्रति साझेदारी गरिएको प्रतिवद्धतामा सहकार्य गर्ने इच्छाद्वारा र सामुहिक शसक्तिकरणको चेतनाद्वारा बढी उत्प्रेरित हुन्छ ।
२१) हाम्रो जाति सबभन्दा सामाजिक ताजि हो, जसले धेरै र अत्यन्तै जटिल संरचनामा गर्व गर्दछ । मानव जातिमाथि लादिन सक्ने सबभन्दा खराब दण्ड असमावेशिता हो । संज्ञानात्मक वैज्ञानिकहरुले हामीलाई के बताउँदछन् भने हाम्रो स्नायुप्रणाली अरुको दुख अनुभूत गर्नका लागि नरम तन्तु हो र क्रमविकासको दिर्घजीवन हाम्रो स्वार्थ केन्द्रित गतिविधिमा भन्दा सामुहिक गतिविधिमा आधारित भएको छ ।
२२) इतिहासमा महान आर्थिक क्रान्तिहरू पूर्वाधार क्रान्तिहरू हुन्, र महान पूर्वाधार क्रान्तिहरुलाई रूपान्तरणकारी बनाउने कुरा नयाँ संचार मिडियाको नयाँ ऊर्जा सत्तासँग अभिसरण हो । इतिहासमा हरेक ऊर्जा क्रान्ति यसको आफ्नै अद्वितीय संचार क्रान्तिको साथमा आएको छ ।
ड्ड वू लेख्छन्– “आज इन्टरनेटका मुख्य क्षेत्रहरू प्रायः एक प्रमुख कम्पनी वा ओलिगोपोलीद्वारा नियन्त्रित छन् । गुगलको “स्वामित्व” खोजमा छ र फेसबुकको सामाजिक नेटवर्किङ्गमा छ । इबेले लिलामको नियन्त्रण गर्दछ । एप्पलले अनलाइन सामग्री वितरणमा प्रभुत्व जमाएको छ । अमेजनले रिटेलमा कब्जा जमाएको छ, इत्यादि ।”
२३) वस्तुहरुको इन्टरनेटमा संचार इन्टरनेट, ऊर्जा इन्टरनेट र लजिस्टिक इन्टरनेटको आगमनले सम्पूर्ण मानव जातिलाई एउटा अन्तर्सम्बन्धित विश्व समुदायमा एकीकृत हुनको लागि संज्ञानात्मक स्नायु प्रणाली र भौतिक माध्यम प्रदान गर्दछ, जुन पूरै समाजमा फैलिएको छ । हामीले स्मार्ट शहरहरू, स्मार्ट क्षेत्रहरू, स्मार्ट महाद्वीपहरू र स्मार्ट ग्रहको बारेमा कुरा गर्नुको अर्थ यही हो ।
२४) तेश्रो औद्योगिक क्रान्तिको नयाँ अस्तित्व धेरै भिन्न प्रकृतिको छ । यसको लागि कम वित्तीय पूँजी र बढी सामाजिक पूँजी आवश्यक छ, यो भर्टिकल रूपको संरचनाको सट्टा पारस्परिक संरनाको छ र यसको क्रियान्वयन विशुद्ध पूँजीवादी बजार संयन्त्रद्वारा भन्दा सामुदायिक व्यवस्थापनद्वारा उत्तम रूपमा हुन्छ ।
२५) इन्टरनेट जेनेरेसनले स्वतन्त्रतालाई नकारात्मक अर्थमा होइन, अरूलाई बहिष्कार गर्ने अधिकारको रुपमा होइन, बरु अरूसँग आफुलाई समावेश गर्ने अधिकारको सकारात्मक अर्थमा सोच्नथालेको छ ।
२६) स्वतन्त्रताको मापन बजारमा सम्पत्तिको स्वामित्वद्वारा भन्दा नेटवर्कमा अरूसम्म पहुँचद्वारा गरिन्छ । व्यक्तिको सम्बन्ध जति बढी गहिरो र समावेशी हुन्छ, त्यति बढी स्वतन्त्रताको अनुभूति हुन्छ । फेसबुक र ट्विटरजस्ता सामाजिक स्थानहरूमा अरूसम्म निरन्तर पहुँच पाउँदा व्यक्तिको जीवन अर्थपूर्ण हुन्छ । इन्टरनेट जेनरेशनको स्वतन्त्रता भनेको कुनै अवरोधबिना आमने–सामने संसारमा अरूसँग सहकार्य गर्नसक्ने क्षमता हो ।
२७) केही कारका पक्षधर मानिसहरुले चालकविहीन सवारी साधनहरुको सुरक्षाबारे चिन्ता व्यक्त गर्दछन् । तर अटोमोटिभ इञ्जिनियरहरू के बताउँछन् भने ९० प्रतिशत सवारी दुर्घटनाहरू मानव त्रुटिबाट हुन्छन् । मानव चालकहरूको विपरित, स्वचालित गाडीहरू विचलित हुँदैनन्, मादक पदार्थको नशाग्रस्त हँुदैनन् र यात्रामा निदाउँदैनन्, जसबाट प्रत्येक वर्ष कार दुर्घटनामा मर्ने हजारौं मानिसहरुको जीवन बचाउने सम्भावना खुल्दछ ।
२८) सहयोगी युगमा, जब समय दुर्लभ वस्तु हुन्छ र एकाग्रता प्राथमिकतामा हुन्छ, दिनमा धेरै घण्टा गाडी चलाउनबाट आफूलाई स्वतन्त्र बनाउनु भर्चुअल स्थानमा बढी रोचक गतिविधिहरूमा लाग्नको लागि बहुमूल्य अतिरिक्त समय हो ।
२९) साइबरस्पेसको उपनिवेशीकरणसँगै चलिरहेको सम्पूर्ण सतही चहलपहलभित्र, विद्वानहरु र कार्यकर्ताहरूले समान रुपमा यो प्रश्न सोध्न थाले कि यो नयाँ अर्चुअल सार्वजनिक स्थानले, जुन इतिहासमा पहिलो पटक सम्पूर्ण मानव जातिलाई जोड्न सक्षम छ, कसरी समाज संगठित हुने आधारहरुलाई बदल्न सक्छ ।
३०) साझा अर्थव्यवस्थाको जन्म भयो । यो नयाँ प्रकारको अर्थव्यवस्था हो– बजार पूँजीमा भन्दा सामाजिक पूँजीमा बढी निर्भर अर्थव्यस्था । यो यस्तो अर्थव्यवस्था हो, जुन अज्ञात बजारका शक्तिहरूको सट्टा सामाजिक विश्वासमा बढी बाँच्दछ ।
३१) इन्टरनेटमा सूचनाको प्रजातान्त्रीकरण, ऊर्जा इन्टरनेटमा विद्युतको प्रजातान्त्रीकरण, खुलास्रोत थ्रीडी प्रिन्टिङ्गद्वारा उद्योगको प्रजातान्त्रीकरण, एमओओसीद्वारा उच्च शिक्षाको प्रजातान्त्रीकरण र शेयरेबल अर्थव्यवस्थामा विनिमयको प्रजातान्त्रीकरणजस्तै वेबमा स्वास्थ्य सेवाको सम्भावित प्रजातान्त्रीकरणले सामाजिक अर्थव्यवस्थामा एउटा अर्को आयाम थप्दछ, जसबाट सहयोगी समुदाय समाजको गतिविधिमा अझ बढी प्रमुख शक्ति बन्दछ ।
३२) ‘निःशुल्क’ शब्दका दुई अर्थ हुन्छन्– मूल्यमा निःशुल्क र दुर्लभताबाट स्वतन्त्र । जब ाावस्तु वा सेवाका अतिरिक्त एकाइहरूको उत्पादनको सीमान्त लागत लगभग शून्य हुन्छ, तब यसको अर्थ प्रचुरताद्वारा दुर्लभता विस्थापित हुन्छ भन्ने हो । विनिमय मूल्य अर्थहीन हुन्छ, किनभने सबैले यसको लागि भुक्तान नगरी आपूmलाई चाहिने धेरै सुरक्षित गर्न सक्दछन् । वस्तुहरु र सेवाहरूको उपयोग र साझेदारी मूल्य त हुन्छ, तर विनिमय मूल्य हँुदैन ।
३३) जब प्रचुरता र स्थायित्वलाई समायोजन गर्ने कुरा आउँछ, अध्याय छमा उद्धृत गान्धीका धारणाहरू सर्वोत्कृष्ट मानक बन्दछन्– “यो पृथ्वी प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्नको लागि पर्याप्त छ, तर प्रत्येक मानिसको लोभलाई होइन ।”
३४) बिजुलीले नै युरोप, अमेरिका र बीसौं शताब्दीमा केही अन्य देशहरूमा महिलाहरूलाई स्वतन्त्र बनायो । बिजुलीले घरेलु कामकाजको जुवाबाट महिलाहरूलाई स्वतन्त्र गरायो, जसले उनीहरूलाई दासहरुभन्दा कम दुखमा राखेको थिएन । बिजुलीले जवान केटीहरू र केटाहरूलाई पनि शिक्षाको लागि पर्याप्त समय दियो र उनीहरूको जीवनलाई अझ राम्रो बनायो ।