November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

एक्काइसौं शताब्दीको समाजवादको लागि नयाँ मार्गहरु

२०७८ भाद्र ३

1.5K

लेखिकाः मार्ता हार्नेकर
अनुवादकः रमेश सुनुवार

परिचय

मैले यो पुस्तक राष्ट्रपति ह्युगो चाभेजको देहावसान भएको एक महिनापछि पूरा गरेकी थिएँ । वहाँको ल्याटिन अमेरिकामा हस्तक्षेपबिना यो पुस्तकको लेखन हुनै सक्दैनथ्यो । तपाईंले यहाँ जे पढ्नुहुनेछ, त्यो अधिकांश कुनै न कुनै रुपमा उही बोलिभारियन नेतासँग, वहाँका विचार र कार्यसँग जोडिएको छ, जुन भेनेजुएलाभित्रका तथा क्षेत्रीय र विश्वस्तरका छन् । चाभेजले प्राप्त गर्नुभएको ल्याटिन अमेरिका र वहाँले आज हामीलाई छोडेर जानुभएको ल्याटिन अमेरिकाको बीचमा ठूलो भिन्नता छ भन्ने कुरा कसैले पनि अस्वीकार गर्न सक्दैन ।

सन् १९९८ मा ह्युगो चाभेजले राष्ट्रपतिको चुनाव जित्नुहुँदा नवउदारवादी पूँजीवादले जरा गाडिसकेको थियो । त्यसवेला विकल्प नवउदारवादी पूँजीवादी ढाँचा (निःसन्देह त्यसमा केही परिवर्तनहरु भएका थिए, उदाहरणार्थ सामाजिक प्रश्नहरुमा ठूलो सरोकार राखिएको थियो, तर त्यो अझै नाफामुखी उद्देश्यद्वारा प्रेरित थियो) पुनस्र्थापित गर्ने वा अगाडि गएर अर्को ढाँचा निर्माण गर्नको लागि प्रयन्त गर्ने भन्ने थियो । राष्ट्रपति चाभेजले नै पूँजीवादको यो विकल्पलाई त्यसका नकारात्मक अर्थहरुको बावजुद “समाजवाद” भन्ने साहास गर्नुभएको थियो । वहाँले यसलाई “एक्काइसौं शताब्दी” विशेषण थपेर “एक्काइसौं शताब्दीको समाजवाद” भन्नुभयो । यो विशेषण यो नयाँ समाजवादलाई ती गल्तीहरु र विचलनहरुबाट अलग गर्नको लागि थपिएको थियो, जुन बीसौं शताब्दीमा समाजवाद कार्यान्वयन गर्दा हुनगएका थिए । यो नयाँ समाजवाद “विगतका ती गल्तीहरु” मा फस्नुहुँदैन र यसबाट उही “स्टालिनवादी विचलनहरु” पनि हुनुहुँदैन, जसले गर्दा पार्टी नोकरशाही बन्यो र जनप्रभुत्वको अन्त भयो ।

पेरुका समाजवादी जोसे कार्लोस् मारियारेगीजस्तै ह्युगो चाभेज पनि एक्काइसौं शताब्दीको समाजवाद कुनै “कार्वन कपी” हुन सक्दैन, बरु “साहसिक सिर्जना” हुनुपर्दछ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । त्यसकारण वहाँ बोलिभारियन, क्रिष्चियनर, रबिन्सनियन र अमेरिण्डियन समाजवादको कुरा गर्नुहुन्थ्यो । वहाँ समाजवादलाई एउटै सामूहिक जीवनपद्धतिको रुपमा लिनुहुन्थ्यो, जहाँ समानता, स्वतन्त्रता र वास्तविक तथा पूर्ण जनवादको राज हुन्छ, जहाँ आर्थिक प्रणाली नाफामा केन्द्रित नभएर मानवजातिमा केन्द्रित हुन्छ, र जहाँ एउटा बहुलवादी, उपभोक्तावाद विरोधी संस्कृतिको अस्तित्व हुन्छ, जसमा स्वामित्वको सट्टा जीवनले प्राथमिकता पाउँदछ ।

भेनेजुएलाका राष्ट्रपतिका भाषणहरुमा बारम्बार दोहोरिने विषय जनताको सहभागिताको आवश्यकता थियो । त्यो एउटा यस्तो तत्व थियो, जसले वहाँको जनवादी समाजवादको कार्यधmमलाई अन्य समाजवादहरुबाट अलग गर्दथ्यो । वहाँ कुन कुरामा विश्वस्त हुनुहुन्थ्यो भने सवै क्षत्रहरुमा सहभागिताले नै मानिसहरुलाई विकास गर्न र आत्मविश्वास प्राप्त गर्न सक्षम बनाउँदछ, अर्थात उनीहरुले मानवजातिको रुपमा आफूलाई विकसित गर्न सक्दछन् ।

तर यदि चाभेजले सहभागितामूलक प्रक्रियाहरु फष्टाउनको लागि उपयुक्त स्थानहरुको प्रबर्धन गर्नुभएको भए तिनीहरु शब्दमा सीमित भएर रहन्थे होला । त्यसकारण सामुदायिक परिषद (स्व–व्यवस्थित सामुदायिक स्थान), श्रमिक परिषद र विद्यार्थी परिषद निर्माण गर्ने वहाँको महलकदमी एउटा वास्तविक सामूहिक संरचनाको उदयमा केन्द्रीय विषय बन्यो । त्यो संरचना अन्ततोगत्वा (अन्तिममा) विकेन्द्रीकृत राज्यको नयाँ स्वरुपमा अभिव्यक्त हुनुपर्दथ्यो, जसमा समुदायहरु ऋाधार तत्व हुन्छन् ।

चाभेज अरुले सोचेजस्तो अपरिपक्व हुनुहुन्थ्यो । वहाँलाई के थाहा थियो भने यो कार्यक्रमको विरोध गर्ने शक्तिहरु अत्यन्तै शक्तिशाली छन् । तर पनि, एउटा यथार्थवादी हुनुको अर्थ राजनीतिको परम्परागत दृष्टिकोणलाई स्वीकार गर्नुपर्छ भन्ने होइन, जसले राजनीतिलाई सामान्यतया सम्भावनाको कलाको रुपमा हेर्दछ । चाभेजको लागि राजनीति असम्भवलाई सम्भव बनाउने कला थियो, जुन केवल इच्छाशक्तिद्वारा मात्र हुँदैन, त्यसको लागि त विद्यमान यथार्थलाई आफ्नो प्रस्थानबिन्दु त्यसलाई बदल्न सक्षम सामाजिक शक्तिहरुको सहसम्बन्ध र अनुकूल अवस्था निर्माण गर्ने प्रयत्न गर्नु पर्दछ । वहाँलाई यो पनि थाहा थियो वर्तमान कालमा असम्भव देखिने कुरालाई भविष्यमा सम्भव बनाउनको लागि राष्ट्रिय र अन्तराष्ट्रिय दुवै स्तरमा ती शक्तिहरुको सहसम्बन्ध बदलिनुपर्दछ । सरकारमा हुँदा वहाँले यो लक्ष्य प्राप्त गर्नको लागि कुशलतापूर्वक काम गर्नुभयो । वहँले के बुझ्नुभयो भने राजनीतिक सत्ता निर्माण गर्नको लागि उच्च नेताहरुसँगको सम्झौता पर्याप्त हुँदैन, सवैभन्दा महत्वपूर्ण कुरा त सामाजिक शक्तिहरुको सहसम्बन्ध निर्माण गर्नु हो । भनेजुएलाका नेताले के बुझ्नुभयो भने पूँजीवादको वैकल्पिक समाज निर्माण गर्नको लागि सँगसँगै जनउदावादी भूमण्डलीकरणको वैकल्पिक भूमण्डलीकरण आवश्यक छ । वहाँले कहिल्यै पनि एउटा देशमा समाजवाद बनाउन खोज्नुभएन । चाभेज यो सम्भव छैन भन्ने कुरामा पूर्णरुपले स्पष्ट हुनुहुन्थ्यो । त्यसैकारण वहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा सामाजिक शक्तिहरुको सहसम्बन्धको परिवर्तनमाथि यति धेरै जोडदिनुभएको थियो ।

वहाँले तुरुन्तै आफ्नो देशमा चलिरहेको संक्रमणप्रक्रियाका विशिष्टताहरुका उस्तै प्रक्रियाहरुका लागि पूर्वगामीको रुपमा काम गर्दथे । तिनीहरुमध्ये एउटा संक्रमण प्रक्रिया शून्यबाट आरम्भ हुँदैन भन्ने कुराको बोध थियो । त्यसको प्रस्थापना बिन्दु परम्पराबाट प्राप्त राज्य यन्त्र आर्थिक प्रणाली र संस्कृति हुन् । त्यसकारण संस्थागत मार्ग ग्रहण गर्नको लागि महिलो कदम संस्थागत खेलका नियमहरुलाई बदल्नु हुनुपर्दथ्यो । त्यसपछि त्यो मार्गमा विशाल अवरोधहरु उत्पन्न हुनेछन् भन्ने कुरा वहाँलाई थाहा थियो । तिनीहरुलाई पार गर्नुपर्दथ्यो । वहाँले के बुझ्नुभयो भने एउटा यस्ले सामाजतिर अगाडि बढ्नको लागि, जहाँ राज्य समाजलाई दमन गर्ने संस्था हुनुको सट्टा समाजको सेव गर्ने साधन र समाजद्वारा नियन्त्रित हुन्छ, शक्तिशाली राज्यको आवश्यकता पर्दछ । यही शक्तिशाली महादेशीय एकता हासिल गर्नको लागि अन्तर्राष्ट्रिय परिवेशहरु सिर्जना गर्न संभव हुनेछ । यो राज्यले संस्थाहरुबाट नयाँ संस्थाहरुतिर संक्रमण प्रक्रियालाई अगाडि बढाउँदछ, जसले नयाँ समाजको निर्माण गर्नको लागि परिवेशहरु सिर्जन गर्न सक्दछ । तिनीहरु हुन्– नयाँ संविधान, नयाँ कानून, स्थानीय सत्ताहरुको विकास, आदि । र, सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो पुरानो समाजबाट राज्यमा अब क्रान्तिकारी कार्यकर्ताहरु कर्मचारी हुन्छन्, त्यसकारण जन संगठनहरु र जननायकत्वलाई प्रवर्धन गर्नको लागि प्रोत्साहन दिन सकिन्छ, जुन तलबाट नयाँ राज्य बनाउनका लागि अनिवार्य तत्वहरु हुन् ।

यी विचारहरुमध्ये अधिकांशको थप विकास यो पुस्तकमा गरिनेछ । यसले मन्थली रिभ्युको ग्रीष्म २०१० अंकमा प्रकाशित “ल्याटिन अमेरिका र एक्काइसौं शताब्दीको समाजवादः गल्तीहरु प्रिहार गर्न खोज” मा सम्बोधन गरिएका विषयहरुलाई अद्यावधि, विस्तार र गहन बनाउँछ । मैले यो संस्करणमा मेरा पछिल्ला लेखहरुका अनुच्छेदहरु पनि समावेश गरेकी छु ।

यो पुस्तकमा तीन भागहरु छन् । पहिलो भाग “ल्याटिन अमेरिकाको अग्रगमन” हो । यसमा विगतका दशकहरुमा हाम्रो अमेरिकामा भएको घटनाको संक्षिप्त वर्णन छः राजनीतिक तस्वीरको परिवर्तन सामाजिक परिचालनहरु, जसले यी परवर्तनहरुको व्याख्या गर्दछन्, संयुक्त राज्य अमेरिका र हाम्रो क्षेत्रको बीचमा शक्तिहरुको सहसम्बन्ध बदलिएको छ भन्दा ठूलो साम्राज्यवादी शक्तिद्वारा हाम्रो उपमहाद्वीपलाई दमन गर्न र उपनिवेश बनाउन गरिएका प्रयत्नहरु । पहिलो भाग ल्याटिन अमेरिकी सरकारहरुको चित्रण गरेर सकिन्छ । किनभने सरकारहरुलाई कुनै एउटा वर्गीकरणमा सीमित गर्नुभन्दा तिनीहरु क्रियाशील हुने शक्तिहरुको सहसम्बन्धलाई सदा मनमा राखेर तिनीहरुको कामको मूल्यांकन गर्नु महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्दछ । यसको लागि हामीले यी सरकारहरुले गरेको परिवर्तनमा कम र यिनीहरुले दिएको दिशामा बढी ध्यान केन्द्रित गर्नुपर्दछ, किनभने यिनीहरुले चाल्ने कदम धेरै मात्रमा अवरोधहरुको सामना गर्ने यिनीहरुको तरीकामाथि निर्भर हुन्छ ।

दोस्रो भाग “हामी कता गइरहेका छौं ? एक्काइसौं शताब्दीको समाजवाद” हो । यसमा पाठकहरुलाई यसमा समाजवादसँग यति धेरै नकारात्मक अर्थ जोडिएको भए पनि यसको महत्व बुझाउने प्रयत्न गरिएको छ । त्यसैगरी यसमा मूल माक्र्सवादी चिन्तनका कुन भागहरुको संरक्षण गर्नुपर्दछ, केही ल्याटिन अमेरिकी सरकारहरुका अनुभवहरुबाट कुन नयँ विचारहरु आउका छन्, हामी बाँतिरहेको संक्रमण अवधिका विशेषताहरु के हुन्, आफ्ना विशाल सीमाहरुको बावजुद यी सरकारले के काम गर्न सक्दछन् र अन्त्यमा, यिनीहरुको कामलाई समर्थन गर्ने मापदण्ड के हुनुपर्दछ भन्ने कुराहरुको बारेमा विचार गरिएको छ । मलाई के विश्वास छ भने यी सबै विषयहरुले हामीलाई आफ्नो बाटो पत्ता लगाउन मद्दत गर्न सक्दछन् ।

तेस्रो भाग “नयाँ बर्चस्वको लागि नयाँ राजनीतिक उपकारण” हो । यो भागमा नयाँ समाजको निर्माण गर्दा आउने अवरोधहरुलाई पार गर्नको लागि आवश्यक शक्तिहरुको सहसम्बन्ध हासिल गर्ने तरीका र नयाँ बर्चस्वको विषयसँग यसको सम्बन्ध समेटिएको छ । मेरो तर्क के छ भने विश्वका अधिकांश भागहरुमा बुर्जुवा वर्गको सांस्कृति बर्चस्व त भत्किरहेको छ, तर यसको अर्थ अनिवार्य रुपले त्यसको स्थानमा नयाँ जनताको बर्चस्व उदय भएको छ भन्ने होइन । किनभने यस्तो बर्चस्व स्वतःस्फूर्त उत्पन्न हुँदैन । एउटा राजनीतिक उपकरणको आवश्यकता पर्दछ । त्यो भनेको राजनीतिक संगठन हो, जसले हामीलाई यो नयाँ बर्चस्व निर्माण गर्नमा सहयोृग गर्नसक्दछ । राजनीति र राजनीतिहरुलाई व्यापक रुपले अस्वीकार गरिएको विद्यमान परिस्थितिको बारेमा सचेत हुँदै म के स्पष्ट पार्न चाहन्छु भने मैले परम्परागत पुराना बामपन्थी पार्टीहरुको कुरा गरेको होइन । मैले त यहाँ विल्कुलै नयाँ स्वरुपको राजनीतिक पार्टीको कुरा गरेको हो, जसले सामाजिक आन्दोलनहरुलाई आफ्नो लागि उपयोग गर्दैन, बरु आफूलाई नै तिनीहरुको सेवामा लगाउँदछ । मैले एक्काइसौं शाताब्दीको समाजवाद निर्माणको लागि राजनीतिक उपकरण निक आवश्यक छ, यसका प्रमुख कार्यहरु के हुन्, आज हामीलाई कस्तो कार्यकर्ता र राजनीतिक संस्कृतिको आवश्यकता छ भन्ने कुराको रुपरेखा प्रस्तुत गरेकी छु । यसो गर्दा म के तर्क गर्छु भने मूलभूत कुरा त्यस्तो नोकरशाही शैलीको विरुद्ध संघर्ष गर्नु हो, जसमा रानजीतिक संगठनका नेताहरु र सरकारहरु प्रायः फस्ने गर्दछन् । त्यसैगरी म यस्तो घटना रोक्नको लागि जनताको आलोचना आवश्यक हुन्छ भन्ने कुरालाई पनि जोड दिन्छु ।

यहाँ के उल्लेख गरिनुपर्दछ भने यो पुस्तकका आधारभूत विचारहरु असंख्य पुस्तकहरुको पुस्तकहरुको अध्ययनबाट आएका होइनन्, यद्यपि मैले नामी विद्वानहरुका विचारहरु र अनुसन्धानहरु समावेश गरेकी छु भन्ने कुरा स्पष्ट हुन्छ । बरु यो कृति त ल्याटिन अमेरिकाका विभिन्न देशहरुमा भएका विविध संघर्षहरु र व्यावहारिक अनुभवहरुको प्रत्यक्ष अध्ययन गर्नसक्नुको परिणाम हो । यो पुस्तकका लागि धेरै अज्ञात सहयोगीहरुले योगदान गरेका छन् । विशेष रुपमा म मेरो सहकर्मी माइकेल लेबोविचको नाम उल्लेख गर्न चाहन्छु, जसका धेरै विचारहरु मैले यो पुस्तकमा समावेश गरेकी छु । त्यसैगरी जिमेना ला बारा प्रति पनि म आभारी छु, जसले यो पुस्तकको अन्तिम स्वरुप पूरै पढेर मलाई अमूल्य सुझवहरु र सहयोग दिनुभएको थियो । म ती सबैलाई धन्यवाद दिन चाहन्छु, जसले आफ्नो क्रान्तिकारी भावनाप्रति दृढ रहेर, अनुसन्धानको माध्यमबाट होस् वा कर्मको माध्यमबाट, यो पुस्तकलाई संभव बनाएरका छन् । मेरो ठूलो आशा के छ भने यो प्रयन्तले एउटा आसन्न सुन्दर भविष्यको निर्माणमा एउटा कण थप्नेछ, जुन यो शताब्दीको चतुर्थाश अगाडि असंभवजस्तै देखिन्थ्यो । क्रमशः……