November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता
सन्दर्भः १२९औँ माओ जयन्ती

सही विचार कहाँबाट आउँछ ?

२०७८ पुष ११

1.1K

  • माओ त्से तुङ

मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकाबाट खस्छन् ? अँ हँ । के ती मगजमा सहजै उब्जन्छन् ? अँ हँ । ती त सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट आउँछन् वा भनौँ उत्पादनका निम्ती संघर्ष, वर्ग–संघर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् । मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निधारर्ण गर्छ। एकचोटी प्रगतिशिल वर्गको प्रतिनिधित्व गर्ने सहि विचारहरुलाई जनसमूहले बुझिसकेपछि ती विचारहरु भौतिक शक्तिमा फेरिन जान्छन्–जसले समाजलाई फेर्छ र संसारलाई फेर्छ ।

मानिसहरु, आफ्नो सामाजिक व्यवहारमा, विभिन्न किसिमका संघर्षमा लाग्छन् र सफलता र असफलता दुवैबाट थुप्रै अनुभव बटुल्दछन् । वस्तुगत बाहिरी संसारका अनगिन्ती दृष्य मानिसको मगजमा उसका पाँच ज्ञानेन्द्रीयहरुबाट प्रतिबिम्बीत हुन्छन् । पहिलो ज्ञान–इन्द्रीयग्राह्य ज्ञान हुन्छ। इन्द्रीयग्राह्य ज्ञान प्रशस्त जम्मा भएपछि यसले फड्को मार्छ अनि धारणात्मक ज्ञान अर्थात विचार बन्दछ । ज्ञान प्राप्तीको यो एउटा क्रम हो। ज्ञान प्राप्तीको सम्पूर्ण क्रमको यो पहिलोे चरण हो, वस्तुगत पर्दाथबाट मनोगत चेतनामा लैजाने चरण हो, अस्तित्वबाट विचारमा लैजाने चरण हो। कसैका चेतना वा विचाहरु (सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुसमेत) सहिरुपले वस्तुगत बाह्य संसारका नियमहरुलाई प्रतिबिम्बित गर्छन कि गर्दैनन भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुदैँन, यस चरणमा ती कुरा सही छन् कि छैनन् भनि ठकुवा गर्नु अझै सम्भव हदैन ।

प्राय पर्दाथबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने बारम्बारका अनकौँ क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धी माक्र्सवादी सिद्धान्त अनि ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यहीँ हो ।

त्यसपछि ज्ञान प्राप्तीको क्रममा दोस्रो चरण आउँछ, यो चेतनाबाट पर्दाथमा फर्काउने चरण हो, विचारबाट अस्तित्वमा लैजाने चरण होे । जसमा पहिलो चरणमा बटुलिएको ज्ञानलाई सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुले आशा गरिए अनुसारका सफलता पाउँछन् कि पाउँदैनन भन्ने ठकुवा गर्नु सामाजिक कार्यमा प्रयोग गरिन्छ्। समान्यरुपमा सफल भएका चाहिँ सही हुन्छन् र विफल भएका सही हुदैनन र विशेष गरी प्रकृतिसँग हुने मानिसको संर्घषमा यो कुरा साँचो हो । सामाजिक संघर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्ने शक्ति कहिलेकाहीँ उनीहरुका विचारहरु सही नभएकोले होइन कि संघर्षमा लागेका शक्तिहरुको सन्तुलनमा केहीँ समयका निम्ती प्रतिक्रियावादीका शक्तिहरु सरह उनीहरु शक्तिशाली नभएकोले हार खान्छन्, त्यसैले उनीहरु अस्थायीरुपले पराजित हुन्छ् तर चाडो वा ढिलोे उनीहरुले विजय पाउनु अवश्यम्भावी छ ।

मानिसको ज्ञानले व्यवहारको कसीद्वारा अर्को फड्को मार्छ र यो फड्कोे अघिल्लोभन्दा बढ्ता महत्वपूर्ण हुन्छ । किनभने यहीँ एकमात्र फड्को हो, जसले ज्ञान प्राप्तीमा पहिलो फड्को सत्य वा गल्तीलाई सिद्ध गर्न सक्छ अर्थात वस्तुगत बाह्य संसारलाई प्रतिबिम्बीत गर्ने क्रममा बनेका विचारहरु, सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ। योभन्दा फरक सत्यलाई जाँच्ने अर्को कुनै बाटै छैन् । अझ बढ्ता विश्वलाई बुझ्नका पछाडि सर्वहारा वर्गको एकमात्र उदेश्य यसलाई फेर्नु हो ।

प्राय पर्दाथबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने बारम्बारका अनकौँ क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धी माक्र्सवादी सिद्धान्त अनि ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यहीँ हो ।

हाम्रा कमरेडहरुमा ज्ञानको यस सिद्धान्तलाई अझै नबुझ्नेहरु निकै जना छन्। उनीहरुका विचार, नीति, पद्धति, योजना, निष्कर्ष, राम्रा भाषण र लामा लेखहरुको मुहान सोध्दा ती जिल्ल पर्छन र यस प्रश्नको उत्तर दिन सक्दैनन् । न त उनीहरु पदार्थ–चेतनामा र चेतना–पदार्थमा परिर्वति हुनसक्छ भन्ने कुरा नै बुझ्दछन्, यद्धपी यस्ता फड्कोहरु दैनिक जीवनकै घटनाहरु हुन्छन् । त्यसकारण हाम्रा कमरेडहरुलाई ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा शिक्षित पार्नु आवश्यक छ, जसबाट तिनले चीनलाई महान र शक्तिशाली समाजवादी देश बनाउन र संसारभरिका उत्पीडीत र शोषित व्यापक जनसमूहलाई सहायता गर्ने हाम्रो अन्तराष्ट्रियतावादी कर्तव्यको पूर्तिका लागि आफ्ना विचारलाई सही दिशातिर लगाउन सक्छन्, जाँचबुझ र अध्ययन तथा अनुभवको सार झिक्नमा सिपालु हुन सक्छन्,अप्ठ्याराहरुलाई जित्न सक्छन्, गल्तीहरु कम गर्न सक्छन्, आफ्ना काम झन राम्ररी गर्न सक्छन् र कडा संघर्ष गर्न सक्छन् ।