September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको ८ बुंदे समसामयिक राजनीतिक प्रस्ताव

२०७८ चैत्र २२

1.1K

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलाले एमसीसी, निवार्चन लगायतका विषयमा आठ बुदे समसामयिक राजनीतिक प्रस्ताव पास गरेको छ । प्रस्तुत छ उक्त राजनीतिक प्रस्तावको पूर्णपाठ:

१ राष्ट्रघाती एमसीसी सम्झौतालाई बहुसंख्यक देशभक्त नेपाली जनताले अस्विकार गर्दागर्दै दलाल संसदीय व्यवस्थाका रक्षक दलाल संसदीय बहुमतले पारित गर्दै आफ्नो राष्ट्रघाती अनुहार अझ छर्लङ्ग बनाएका छन् । देशभक्त क्रान्तिकारी शक्तिहरुले मोर्चाबन्दी गरेर गरेको संयुक्त संघर्षले आमजनता माझ एउटा उचाई हासिल गरेको छ । अहिले राष्ट्रघाती एमसीसी सम्झौता लागु गर्न नदिनु र त्यसका विरुद्ध निरन्तर संघर्ष गर्नु देशभक्त क्रान्तिकारी शक्तिहरुको दायित्व बन्न पुगेको छ । यो राष्ट्रिय भेला राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध संघर्ष गर्न साम्राज्यवाद विरोधी संयुक्त मोर्चालाई संगठित गर्न, अपील र पहल गर्दै त्यसका विरुद्ध निरन्तर संघर्षलाई उठाउन संकल्प गर्दछ ।

२. फेरि एकपटक दलाल संसदवादी शक्तिहरु चुनावका नाममा जनतामाझ भ्रमको खेती गर्दै आफ्नो सत्ता स्वार्थ रक्षा गर्ने अभियानमा छन् । हाम्रो पार्टी दलाल संसदीय व्यवस्थालाई जोगाउने एउटा अभिन्न अङ्गको रुपमा रहेको निर्वाचन औचित्यहीन भएको ठहर गर्दछ । साथै निर्वाचन बहिस्कार गर्ने निर्णय सहित दलाल संसदीय व्यवस्थाले सिङ्गो मुलुक र जनतालाई थोपरेको संकटहरुका विषयमा आम जनतामाझ सचेतना अभियान र सिङगो दलाल संसदीय व्यवस्थाका विरुद्ध भण्डाफोर अभियान संचालन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको तिव्रतर प्रयत्न गर्दै जान यो राष्ट्रिय भेला पार्टी पंक्ति र आम जनसमुदायलाई हार्दिक अपील गर्दछ ।

३.कथित निर्वाचनको मुखमा हरेक क्षेत्रमा भएको मुल्यवृद्धिले आम जनताको ढाड सेकेको छ । आम जनताको भान्सामा प्रत्यक्ष असर पारेको मुल्यवृद्धि तत्काल घटाउन यो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।

४.भ्रष्टाचार दलाल संसदीय व्यवस्थाको चरित्रकै रुपमा देखा परिरहेको वर्तमान अवस्थामा आम जनता र समुदायको सम्पत्तिलाई आफ्नो निजी झैं ठानेर स्थानीय , प्रदेश र संघीय तीनै तहका सरकारमा सहभागी भएका भ्रष्ट आचरण गरिरहेका सम्पूर्ण जनप्रतिनिधी तिनका आसेपासे र कर्मचारीहरुलाई खबरदारी गर्दै यो राष्ट्रिय भेला पार्टी निर्माण भएका हरेक स्थानीय तहमा ‘‘हिसाब खोज’’ आन्दोलन अगाडी बढाउने घोषणा गर्दछ ।

५. हरेक वर्ष कृषि क्षेत्रमा देखापर्ने मलखाद र उन्नत बिउबिजन अभावको समस्या दलाल पँुजीपति वर्गद्वारा आफ्नो नाफाको स्वार्थलाई केन्द्रमा राखेर गरिएको कृतिम अभाव र जानाजान गरिएको किसानमाथिको अपराध भएको तथा दलाल राज्य व्यवस्था स्वयम त्यसको रक्षक भइरहेको सन्र्दभमा यो राष्ट्रिय भेला किसानहरुलाई आवश्यक मलखाद र उन्नत बिउबिजन तत्काल समयमै उपलब्ध गराउन तीनै तहका सरकारसँग जोडदार माग गर्दै कृिष उत्पादनको लागत घटाउन कृषि औजार, प्रविधि, सिचाई, मलखाद र उन्नत बिउबिजनमा अनिवार्य सहुलियत दिन र सिचाईका लागि आवश्यक बिजुली महशुल निःशुल्क गर्न माग गर्दछ ।

६. देशमा व्याप्त वेथिति, विकृति र विसङ्गतीपूर्ण अवस्थामा महिला हिंसा र बलात्कारजन्य घटनाहरुको कारक तत्व पितृसत्तात्मक संरचना र सामाजिक व्यवस्था रहेको ठहर गर्दै यस्ता हिंसात्मक घटनाहरुको अन्त्य गर्न हरेक घर–घरमा बलात्कारी पुरुष चेतना जन्माउने पितृसत्ताका विरुद्ध प्रहार केन्द्रीत गर्न आम सचेत जनसमुदायलाई हार्दिक अपील गर्दछ, साथै सिङगो पार्टी पंक्ति पितृसत्ताका विरुद्ध दृढतापूर्वक उभिने प्रण गदर्छ ।

७. संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य जस्ता सेवा प्राप्त गर्ने जनताको नैसर्गिक अधिकारमाथि राज्य स्वयमबाट कुठाराघात भइरहेको छ । कर्मचारी अस्पताल , सैनिक अस्पताल जस्ता संरचनाहरु खडा गरेर यो दलाल व्यवस्थाले स्वास्थ्य क्षेत्रमा राज्यबाट सुविधा लिनेहरुलाई सुविधै सुविधा र आम जनतालाई वेवास्ता गरिहेको सन्दर्भमा यो राष्ट्रिय भेला सम्पूर्ण आम जनसमुदायको स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था गर्न जोडदार माग गर्दछ । त्यसैगरी मेडिकल माफियाहरुको राज्यका अंगहरुकै संरक्षणमा आम विद्यार्थीहरु माथी गरिरहेको लुट र डकैतिको घोर भत्र्सना गर्दछ ।

८. राष्ट्रघाती महाकाली सन्धीको परिणामको रुपमा देखापरेको महाकाली पारी दार्चुला क्षेत्रमा भारतीय पक्षबाट भैरहेको निरन्तर हस्तक्षेप र अतिक्रमण, देशभरिका सीमा क्षेत्रमा एसएसबी लगायत भारतीय पक्षबाट निरन्तर हस्तक्षेप र अतिक्रमण जस्ता भारतीय विस्तारवादी नीति र गतिविधीको यो राष्ट्रिय भेला घोर निन्दा र भत्र्सना गर्दछ । पछिल्लो समयमा महाकाली पारी नेपाली भूमिबाट भारतीय पक्षले बनाइरहेको बाटोले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गरेको नाङगो हस्तक्षेपलाई नदेखे झैं गरिरहेको दलाल निर्लज्ज सरकारलाई तुरुन्त यो विषयमा आफ्नो धारणा सार्वजानिक गर्न, त्यस्तो कार्य रोक्न आवश्यक सम्पूर्ण पहल गर्न माग गर्दछ । भारतीय विस्तारवादको लगातारको हस्तक्षेपकारी नीति र व्यवहारका विरुद्ध संयुक्त संर्घषलाई उठान गर्न सम्पूर्ण देशभक्त क्रान्तिकारीहरुलाई हार्दिक अपिल गर्दछैं ।