November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

संविधानको परिमार्जन र रक्षाको ठूलो जिम्मेवारी माओवादीको छ: अध्यक्ष प्रचण्ड

२०७९ कार्तिक १७

255

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको गोरखा–काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रममा प्रचण्डले संविधान अपूर्ण हुँदा राजनीतिक स्थायीत्व हुन नसकेको र विभिन्न मुद्दाहरु अपुरै रहेको भन्दै संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको भएको बताएका हुन् ।

उनले माओवादीकै पहलमा मुलुकमा परिवर्तन भएको र यसलाई दिगो र समृद्ध बनाउने काम पनि माओवादीले नै गर्ने जिकिर गरेका छन् । साथै लामो संघर्षपछि जारी संविधानमा संरचनागत सुधार गर्न समेत आवश्यक भएको उनको भनाई छ ।