काठमाडौ: नेपाल प्रहरीका पूर्वडीआईजी एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश खरेलले मुलुकमा अहिले बेतिथि मौलाएको बताएका छन् ।
काठमाडौ क्षेत्र नम्बर १ मा बिहिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा बेथिति मौलाउनुका साथै न्यायालय समेत सेटिङमा चलेको आरोप लगाएका छन् । सर्बोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भनाईबाट पनि मुलुक कत्तिको सेटिङमा चलिरहेको छ भन्ने कुरा प्रष्ट भएको उनको भनाइ छ ।
उनले देशमा परिवर्तन ल्याउनका लागि आगामी मंसिर ४ मा देशलाई माया गर्ने उम्मेदवारलाइ विजयी गराउन आग्रह समेत गरेका छन् ।