September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रतिगमनकारी शक्ति र राजावादीहरु फेरि सलबलाए: गृहमन्त्री खाँण

२०७९ कार्तिक १७

890

रुपन्देही:गृहमन्त्री बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन् । बिहिबार नेपाल तरुण दल रुपन्देही क्षेत्र नं.३ ले आयोजना गरेको बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी वर्षौ पछि सल्बलाउन थालेको टिप्पणी गरेका हुन् ।

रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले प्रतिगमनका बिरुद्धमा उभिएका पाँच दलिय गठबन्धनले मात्रै मुलुकलाई पश्चगमनतर्फ लैजाने तर्क गरे । उनले पाँच दलिय गठबन्धनको एउटै मात्रै लक्ष्य नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई समृद्धि र विकासको बाटोमा लैजाने रहेको बताउदै पञ्च्यात विरुद्ध २०४६ सालमा र २०६२–०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको तर्क गरे । गृहमन्त्री खाँणले सिमानामा बस्ने नेपालीहरुले सिमा रक्षाको लागी ठूलो योगदान दिएको बताउदै राज्यले सिमानामा बस्ने नेपालीहरुलाई सम्मान गरिरहने बताए ।

साथै उनले नागरिकको अवस्था बदल्न र पाँच बर्ष भित्र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उल्लेख गर्दै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनु पर्नेमा समेत जोड दिए । त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् ।