November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

संविधान च्यात्ने काममा केपी ओलीको ठूलो भुमिका छ:प्रधानमन्त्री देउवा

२०७९ कार्तिक १८

175

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन मात्र नभई संविधान च्यात्न चाहने शक्ति विरुद्धको लडाइँ पनि भएको बताएका छन् । ठूलो मूल्य चुकाएर आएको संविधानलाई च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मतदान गर्न उनले आग्रह गरे ।

शुक्रबार गृहपालिका गन्यापधुरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले संविधान च्यात्ने काममा एमाले अध्यक्ष केपी ओलीको ठूलो भुमिका भएको उनको भनाइ छ । साथै उनले विद्युत आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत विकासलाई राखेको प्रधानमन्त्री देउवाले बताए । डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटको दौडधुपमा व्यस्त छन् ।