May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

निर्वाचनको सक्रियतापूर्वक अवज्ञा गर्न दुई विद्यार्थी संगठनको संयुक्त आह्वान

२०७९ कार्तिक १८

2K

काठमाडौ:मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ ।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णय अनुसार पार्टीहरुको आसन्न संसदीय निर्वाचानलाई अवज्ञा गर्न सक्रियतापूर्वक अवज्ञा आह्वान गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिए । उनले कात्र्तिक २३ गते १२ बजे काठमाडौंको शान्तिवाटीकामा चुनाव बहिष्कार सभा सञ्चालन गर्ने जानकारी दिए ।

 

उनले हरेक निर्वाचनमा सिन्डिकेट हुने गरेको र केही मुख्य पार्टीका नेताहरु प्रचण्ड, शेरबहादुर देउवा मात्र प्रधानमन्त्री बन्ने सम्भावना रहेको भन्दै ती पात्र जन्माउने व्यवस्था गलत रहेको निष्कर्ष सहित निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको बताएका छन् । उनले २०७४ को निर्वाचनपछि मुलुकलाई समाधान दिन नसकेको र देशमा महंगी, राष्ट्रघात र संकट आएको भन्दै नेपालको मुल संकटको कारण निर्वाचन भएकाले चुनाव विथोल्न आह्वान गरेका हुन् । साथै अध्यक्ष राईले सत्ता र व्यवस्थाको विकल्पमा संघर्षको मैदानमा उत्रिन भन्दै बहिष्कारका लागि सबैलाई आह्वान समेत गरेका छन् ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी पनि निर्वाचन बिथोल्ने अभियानको घोषणा गरेका थिए ।