November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

निर्वाचन लक्षित सीमावर्ती सुरक्षा बैठक आज बस्दै

२०७९ कार्तिक १९

235

काठमाडौं: आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच शनिबार रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक हुने भएको छ ।
समन्वय बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् ।

प्रशासनका अनुसार शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बैठक बस्ने तय भएको छ । उक्त बैठकमा विशेष गरि निर्वाचनका समय सिमा सिल गर्ने विषयमा र चोरीपैठारी,आपराधिक गतिविधी नियन्त्रण र संयुक्त गस्ती जस्ता विषयहरुमा छलफल हुनेछ ।