September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

निर्वाचन परिणाम एमालेको पक्षमा आउने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको दाबी

२०७९ कार्तिक २१

985

काठमाडौंःनेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका पोखरेलले सोमबार घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसंग कुरा गदैं एमालेले उठाएका बिषयहरु जनताले बुझेकाले निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गरेका हुन् ।

उनले एमालेले उठाएका बिषयहरुलाई साकार पार्नका लागि जनताको साथ र समर्थन पाउने जिकिर गरे । निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरु च्यातिसकेको उनको भनाई छ । साथै पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायीत्व,राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक बिकास र समृद्धि लगाएतका मुद्धाहरुर्लाइ स्थापीत गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र १ वडामा विजयी भएका थिए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएको थियो ।