November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

आइसीसी टि–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई

२०७९ कार्तिक २७

315

काठमाडौं: आइसीसी टि२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको हो ।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्याण्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले एक एक विकेट लिए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा  शादब खानले २० र मोहमद रिजवानले १५ रन बनाए । बलिङतर्फ इंग्ल्याण्डका साम करनले ३ विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले दुइ दुइ विकेट लिदा बेन स्टोक्सले १ विकेट लिए ।

इंग्ल्याण्डले दोस्रो पटक टीट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्याण्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।