September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

अध्यक्ष ओलीको दाबी:एमाले देशको रक्षा गर्न जन्मिएको पार्टी

२०७९ कार्तिक २८

605

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको दाबी गरेका छन् ।

आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरुले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताएका हुन् । शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरबारमा बुझाउने लगायतका प्रतिगमनका काम मात्रै गरेको उनले बताए ।

त्यस्तै उनले अदालतबाट सेटिङ र जालझेल गरेर आफुलाई सरकारबाट हटाइएको तर्क गरे । ओलीले वर्तमान सरकारले बजेट बनाउने देखि सबै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राखे । एमाले सरकारले सुरु गरेको विभिन्न राजमार्ग लगायतका अन्य विकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको आरोप छ ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाँडीको गठबन्धनलाई नभएर एमालेलाई निर्वाचित गर्नुपर्ने बताएका छन् ।