November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

आगलागीमा परेर भक्तपुरमा १ जनाको मृत्यु

२०७९ कार्तिक ३०

355

काठमाडौंः भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं। ६ राइटोल नजिकै आज ९बुधबार० बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।

आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।