November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मौन अवधिको धज्जी उडाउँदै, पैसा बाँड्ने पक्राउ

२०७९ मंसिर २

540

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका( ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका( ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले कडा चुनौती दिइरहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गुर्नहोस्:

https://www.facebook.com/watch/?v=430570349290494