November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने माआवादी अध्यक्ष दाहालको भनाइ

२०७९ मंसिर ४

365

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो नलागेको बताएका छन् ।

चितवनमा मतदान पछि प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्रीको बिषय आरामले टुङगो लगाउने दावी समेत गरे । उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै संविधान र समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने जिकिर गरे ।

उनले निर्वाचनमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने बताए । त्यस्तै उनले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको भन्दै निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताएका छन् ।
प्रचण्डले चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने धारणा राखेका छन् ।