November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

एमालेको बहुमत आउने एमाले अध्यक्ष केपी ओलीको दाबी

२०७९ मंसिर ४

390

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

भक्तपुरस्थित बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गते सम्ममा सरकारको नेतृत्व गर्ने बताएका हुन् । उनले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गरे ।

ओलीले एमालेको बहुमत आउने देखेर नै विभिन्न शक्तिहरु एमालेको बिरुद्धमा लागेको टिप्पणी गरे । युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उनको भनाई छ । ओलीले निर्वाचन उत्साहपूर्व रुपमा भएको जिकिर गरेका छन् ।