November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कास्की-३ बाट प्रदेशसभामा एमालेका गणेशमान गुरुङ विजयी

२०७९ मंसिर ७

225

काठमाडौं: कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गरेका छन् ।

गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६१ मत पाएका छन् । जनता समाजवादी पार्टीबाट गत फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले प्रदेशको निर्वाचनमा भारी मतान्तरले चुनाव जितेका छन् ।

 

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका उनी २०६९ सालमा जातीय पहिचानको मुद्दा बोकेर एमालेबाट विद्रोह गरेर अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका थिए । कास्की क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष समेत भएका गुरुङ जनता समाजवादी पार्टी हुँदा गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य समेत रहेका थिए ।