काठमाडौं: कञ्चनपुर क्षेत्र नं २ मा प्रदेश सभातर्फको १ मा माओवादी केन्द्रका ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन्। उनी १० हजार ९ सय २५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी एमालेका बचनबहादुर सिंहले भने १० हजार ४ सय ५० मत प्राप्त गरे । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ५ हजार १ सय ५२ मत ल्याएकी थिइन् ।