November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

लक्ष्मणलाल कर्णलाई पराजित गर्दै पर्सा १ बाट जसपाका प्रदीप यादव निर्वाचित

२०७९ मंसिर ७

335

काठमाडौं: पर्सा क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । उनले  २२ हजार ५ सय ३७ मत प्राप्त गरेर विजयी भएका हुन् । यादव २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएर पराजित भएका छन् ।