November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

ललितपुर ३ मा डा. तोसिमा कार्की निर्वाचित

२०७९ मंसिर ८

290

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएर निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र ऊर्जामन्त्री समेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत पाएर पराजित पराजित भएका हुन् ।