November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

खोटाङमा विशाल भट्टराईलाई हराउँदै माओवादीका रामकुमार राई विजयी

२०७९ मंसिर ८

225

काठमाडौं: खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई हराउँदै विजयी भएका हुन् । उनले विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाएर निर्वाचित हुँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएर पराजित भए ।