November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

काभ्रे १ को प्रदेशसभा `क´ मा रत्न ढकाल विजयी

२०७९ मंसिर ८

480

काठमाडौं: काभ्रे क्षेत्र नं १ को प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्न ढकाल भारी मतान्तरले विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका ढकालले एमालेका दिल बहादुर तामाङलाई पराजित गर्दै पुन: बागमती प्रदेशको प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनी २० हजार ७२० मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी दिल बहादुर तामाङले ११ हजार २७० मत ल्याएर पराजित भएका हुन् ।

ढकाल यस अघि २०७४ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट बागमती प्रदेशसभाको सदस्यमा निर्वाचित भएका थिए ।