May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

चन्द्र लामालाई ३ मतले हराउँदै काभ्रे १ को प्रदेश `ख´ तीर्थ लामा निर्वाचित

२०७९ मंसिर ९

1.9K

काठमाडौं: काभ्रे क्षेत्र नं १ को प्रदेश सभा `ख´ मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका नेकपा एमालेका चन्द्र बहादुर लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् ।

 

तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गरेर विजयी भएका हुन् भने चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरि पराजित भएका हुन् । उनीहरुको बीचमा जम्मा ३ मतको मतान्तर रहेको छ । २०७० को निर्वाचनमा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका तीर्थ लामा २०७४ को संसदीय निर्वाचनमा वामगठबन्धनका उम्मेदवारसंग पराजित भएका थिए ।