November 29, 2022, Tuesday
२०७९ मंसिर १३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

शेरबहादुर तामाङलाई हराउँदै सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बस्नेत विजयी

२०७९ मंसिर ९

385

काठमाडौं: सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङलाई साढे ११ हजारभन्दा बढी मतले हराएका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेर पराजित भएका हुन् । उनीहरूबीचको मतान्तर ११ हजार ८ सय ७४ रहेको छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठ तेस्रो स्थानमा छन् ।उनले २ हजार ८ सय १९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरूङले २ हजार ४ सय ५२ मत प्राप्त गरेर चौथो स्थानमा छिन् ।