February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

काभ्रे १ मा माओवादीका सुर्यमान दोङ विजयी

२०७९ मंसिर १०

9K

काठमाडौं: काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज) निर्वाचित भएका छन् । उनले ३४ हजार पाँच सय १२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामाले ३० हजार पाँच सय ४८ मत ल्याएर पराजित भएका छन् । उनीहरु बीच ३९६४ मतको मतान्तर रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरेर तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरेका छन् ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी कुल १७ उम्मेदवार रहेका थिए ।