काठमाडौँ: नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् । आज बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी भएकी हुन् ।
तामाङले १६ हजार १६९ मत प्राप्त गरेकी छन् । खड्काले ११ हजार ३५० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विजयी तामाङ बाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख हुन् । उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेकी थिइन् । तामाङ १४ वर्षको कलिलो उमेरमै कम्युनिस्ट आन्दोलनमा लागेकी हुन् । उनी यसअघि राज्यमन्त्रीसमेत बनिसकेकी छन् ।