September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पुर्णबहादुर तामाङ निर्वाचित

२०७९ मंसिर ११

750

काठमाडौं: रामेछापबाट प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।

आज बिहान सकिएको मतगणना परिणाम अनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर विजयी हुँदा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेर पराजित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थिए । निर्माण व्यवसायमा संलग्न रहेका उनी २०३६ सालदेखि राजनीतिमा पनि आबद्ध रहेका व्यक्ति हुन् ।

रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।