काठमाडौं: थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरुले आज पनि खबरदारी र्यालीको आयोजना गरेका छन् । स्थायी विकल्पबिना आफूहरुमाथि जबर्जस्ती गरिएको भन्दै खबरदारी र्यालीको आयोजना गरेका हुन् ।
बिना विकल्प उठिबास गर्न खोज्नु आफूहरलाई मान्य नहुने भन्दै संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नाराहरु बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध सनेत नाराबाजी गरेका छन् ।
थापाथलीस्थित बाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा १ सय ३६ छाप्रा रहेका छन् जसमा ५२ जिल्लाबाट आएका मानिसहरू दुई अढाई दशकदेखि बसिरहेका छन् । सोमबार नदी किनारको बस्तीलाई जबर्जस्ती हटाउन दलबलसहित गएको काठमाडौं महानगरपालिका र बाग्मती सभ्यता एकीकृत विकास समितिको प्रहरी सहितको टोली र स्थानीयहरुबीच झडप भएको थियो ।