February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कांग्रेस नेता प्रकाशमान सिंहद्वारा मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण

२०७९ मंसिर १५

655

काठमाडौंःनेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण गरेका छन् । बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका नेता सिंह लगायतको टोलीले आयोजनामा भइरहेको काम र समस्याका बारेमा जानकारी समेत लिएको छ ।

निरिक्षणका क्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए । उनले आफुले मेलम्ची आयोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पु¥याउन निरन्तर चासो दिएको बताएका छन् । त्यस्तै उनले आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उल्लेख समेत गरेका छन् । ।

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेका थिए । आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताए । यसअघि बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका थिए ।