काठमाडौँः ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न विभिन्न विद्यार्थी संगठनहरुलेले माग गरेका छन् । वैज्ञानिक समाजवादी विद्यार्थी संगठन लगायत विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थीहरूलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका क्रममा प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई निःशर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’
विज्ञप्तिमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका सुदुर पश्चिम प्रदेश समितिका संयोजक द्रोणाचार्य अवस्थी,नेवि संघका निवर्तमान सहमहामन्त्री अच्युत कलौनी,अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई,अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका थिए ।
विज्ञप्तिः