September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कतार विश्वकपको क्वाटरफाइनलमा कुनकुन देश पुगे ?

२०७९ मंसिर १८

495

काठमाडौं: कतारमा जारी फिफा विश्वकपको नकआउट चरणको खेलबाट उपाधि दाबेदार अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २ः१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो ।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २ः० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २ः१ ले विजयी भयो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै नेदरल्यान्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३ः१ को गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २ः० को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २ः१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३ः१ को सहज जित दिलाए । यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।