September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गोकुल बाँस्कोटाको घरमा बम जस्तै देखिने शंकास्पद वस्तु फेला

२०७९ मंसिर १८

2.4K

काठमाडौं: नेकपा एमालेका नेता एवं काभ्रे क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्ताे वस्तु भेटिएपछि प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।

नवनिर्वाचित बाँस्कोटा भने यत्तिबेला काभ्रेस्थित घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद वस्तु देखिएपछि प्रहरी खबर गरेका थिए।