काठमाडौं: धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएको भन्दै टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारबाट ४ पटकसम्म मुल्य घटेर आएपनि नेपालमा भने मूल्य नघटाएको भन्दै तत्काल मूल्य समायोजन गर्न माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले `जनताको जनजीवीका सहज गर´ , घटेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर´ , `आयल निगमका भ्रष्टहरु होसियार´ जस्ता नाराहरु लगाएका थिए ।