काठमाडौँः सत्ता गठबन्धनमा आवद्ध दलहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । बैठकले आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता भुसालले बताए ।
निर्वाचन सम्पन्न भएपछि सत्ता गठबन्धन दलहरूको यो पहिलो बैठक हो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित चार दलका शीर्ष नेताहरू सहभागी थिए ।