September 24, 2023, Sunday
२०८० आश्विन ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाउने एक युवक पक्राउ

२०७९ मंसिर २०

530

काठमाडौं :  प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।

महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी गर्ने अभिप्रायले उक्‍त पेजको दुरूपयोग गरेको ब्‍यूरोको आरोप छ । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

हेर्नुहोस् ब्‍यूरोको विज्ञप्ति: