काठमाडौं: हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२:४५ मा उडेको थियो ।
चिल ठोक्किँदा जहाजको अगाडिको भागमा क्षति भएको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए । उनीहरू सबैजना सुरक्षित छन्।