June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रचण्ड,बाबुराम र रामचन्द्र पौडेलबीच सिंहदरबारमा भेटवार्ता

२०७९ मंसिर २३

545

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको जनाएको छ । उक्त भेटमा नेपाल समाजवादी पार्टीका नेता महेन्द्रराय यादव पनि सहभागी भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आएर समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दलहरु यतिबेला नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।