काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी बहुमत का संयोजक धर्मेन्द्र बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति र सिद्धान्त विहीन भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति र सिद्धान्त विहीन भएको बताएका हुन् ।
उनले वर्तमान राज्य प्रणाली रहिरहे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने भन्दै संसदवादी दल, कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको बताएका छन् । साम्राज्यवादी शक्तिले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० लाई निर्वाचनबाट परास्त गरेको भन्दै संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्ति उदयको नाटक देखाइएको टिप्पणी गरे । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेकाले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको दाबी गरेका छन् ।
संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको उनको भनाई छ । अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्दान्त, राजनीतिमाथि वकालत गर्ने काम संसदवादीहरुले गरेको उनले टिप्पणी गरेका छन् । उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिदैँ सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको बताएका छन् ।