काठमाडौंः नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
उनका अनुसार बैठक समानुपातिक सांसद छनोट गर्न र गत मंसिर ५ मा सम्पन्न आमनिर्वाचनको समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।