February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा

२०७९ मंसिर २४

910

काठमाडौं: मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे । पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।