September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आलोपालो सरकार बन्ने माओवादी अध्यक्ष प्रचण्डको दाबी

२०७९ मंसिर २५

400

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै भएको उल्लेख गरेका हुन् ।

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने सबैको साझा दायित्व भएको जनाए । त्यस्तै यो निर्वाचन अपेक्षित नभएको बताउँदै उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताएका छन् ।

साथै कार्यक्रममा उनले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउँदै मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीको रहेको धारणा राखेका छन् ।