September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप

२०७९ मंसिर २७

720

काठमाडौंः भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेश नजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।

यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । भारत र चीनको विवादित भूभागमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ । सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा पनि सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएका थिए।