September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत अवस्थामा फेला

२०७९ मंसिर २९

810

काठमाडौंः चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग भने नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ । १५ वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताएका छन् । गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन्