February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु सिस्टम विपरितः महासचिव गुरुङ

२०७९ पुष १

765

काठमाडौंः नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरुपको भिजन विपरित भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र विचारकै आधारमा दलहरु चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरुपको भिजन नभएको बताएका हुन् ।

राजनीतिक पृष्ठभूमि, विचारधारा, सिद्धान्त र मूल्यमान्यताको आधारमा नै दलका नेताहरुले मुलुक र राज्यका अंगहरुको नेतृत्व गर्न सक्ने उनले बताए । उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरुको विकल्प नरहेको दावी गरे । गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरका पात्रहरुलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै विचलन भएको चिन्तनको उपज भएको तर्क गरे । मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरुले नै सोच्नुपर्ने उनको भनाइ छ ।

महासचिव गुरुङले अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताएका छन् । उनले एमालेसंग सरकार गठनका बिषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।